काठमाडौँ । गृहमन्त्री रमेश लेखकका निजी सचिव फेरिएका छन् ।
हाल कार्यरत उपसचिव तथा निजी सचिव बद्रीप्रसाद तिवारीलाई म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएपछि उनको स्थानमा उपसचिव दिर्घराज उपाध्यायलाई निजी सचिवको जिम्मेवारी दिने निर्णय भएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।
सहज र इमान्दार मानिने उपाध्याय यसअघि बैतडी र दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।







