काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुलाई गृह मन्त्रालयमा फर्काएको छ ।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार मन्त्रालयले सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वका प्रजिअलाई गृह मन्त्रालयमा फर्काउँदै ती जिल्लामा नयाँ प्रजिअ खटाएको छ।
मन्त्रालयले बुधबार अपरान्ह ती जिल्ला प्रशासन प्रमुखहरूको फेरबदल गरेको हो। नयाँ जिम्मेवारी पाएका प्रजिअहरुको सूची अघिल्लो समाचारमा प्रकाशित गरिएको छ ।
प्रशासन डटकमले यसबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो।







