काठमाडौँ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले बुधबार उपसचिवस्तरीय प्रजिअ रहने जिल्लामा सिडिओ फेरबदल गरेको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालिकोट, रुकुमपश्चिम, डोल्पा र हुम्ला जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको छ।
गृहमन्त्री रमेश लेखकका निजीसचिव बद्री प्रसाद तिवारीलाई म्याग्दीको प्रजिअ नियुक्त गरिएको छ भने इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख नवराज पौड्याललाई मनाङ प्रशासनको नेतृत्व जिम्मेवारी दिइएको छ।
लामो समयदेखि सूची तयार भए पनि सरुवा प्रक्रिया अघि नबढ्दा कर्मचारीको मनोबलमा नकारात्मक असर पर्नुका साथै सेवा प्रवाहमा समेत प्रभाव परेको विषयमा प्रशासन डटकमले यसअघि समाचार प्रकाशित गरेको थियो।







