२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रघुवीर महासेठले भने : ‘सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन जरुरी छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि न्यायिक छानबिनको जरुरी रहेको बताएका छन् ।

२०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल सदस्यसहितको आयोग गठन गरेको थियो ।

छानबिनको प्रतिवेदन विवादित रहेको र सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर कोसिस गरिएको देखिएकाले न्यायिक छानबिनको माग गरे ।

‘न्यायिक छानबिनको जरुरी व्यक्तिगत रुममा मैले पनि देखेको छु । किनभने जुन छानबिनको प्रतिवेदन प्रस्तुत भएको छ, अन्तिम बैठकमा छलफल पनि गरेका छौँ,’ उनले भने, ‘त्यो वास्तवमा एउटा विवादित र त्यहाँनेर सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर त्यसमा निकै कोसिस गरिएको छ । यसलाई निष्पक्ष प्रतिवेदन मान्न सकिँदैन ।’

उक्त प्रतिवेदनलाई निष्पक्ष मान्न नसकिने जिकिर गर्दै उनले अहिलेसम्म नेपालमा हवाई दुर्घटनाहरू धेरै भए पनि फौजदारी मुद्दामा प्रवेश नगरेको तर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट नै समितिले सरकारलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिनुपर्ने माग पनि गरे ।

‘न्यायिक छानबिनको आवश्यकता छ र यो हामीले समितिबाट माग गर्नुपर्छ । अहिलेसम्म नेपालमा यति दुर्घटना भए पनि आजसम्म फौजदारी मुद्दामा प्रवेश गरेका छैनौँ । त्यसैले यसपालि यस समितिबाट सरकार भनेको हाम्रो मन्त्रालयलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिऔँ,’ उनले भनेका छन्, ‘त्यसबाट भावी दिनमा विमान कम्पनीहरूले डराउन सक्छन् । केयरनेस गर्दा फौजदारी अभियोग लाग्न सक्छ भनेर सचेत होस् ।’