२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको टिप्पणी-‘अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन्’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको टिप्पणी गरेको छन् ।

नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले उनीहरू छट्पटिएको पोखरेलको आरोप छ ।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ८४ को चुनावसम्मै यो गठबन्धन निरन्तर रहने बताए ।

‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन्’, पोखरेलले भने ।

काँग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै उनले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।

सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानून नल्याउने प्रष्टीकरण दिँदै उनले भने, ‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानून बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ । अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानून बन्दैन ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने दोहोर्‍याए ।

उनले भने, ‘हामीले पूर्वराष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन । यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोड्न आवश्यक छैन ।’