काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
बुढानीलकण्ठस्थित निवास पुगेर विदेश सचिव मिस्रीले सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका हुन्।
उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।







