२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको चेतावनी : ‘नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक-२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकामा आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा प्रस्तुत विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावमा धारणा राख्दै पुनले आफ्नो दल संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासको विपक्षमा रहेको बताए ।

विधेयकका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको उनको टिप्पणी थियो ।

‘हामीले संविधानमा ‘लिबरल’ व्यवस्था गरेका छौँ । विधेयकमार्फत नागरिकका स्वतन्त्रता हनन् हुने खालका काम गर्न मिल्दैन’, पुनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताका कुरा छन्, प्रेस स्वतन्त्रताका कुरा छन् । नागरिकका गोपनीयताका हकका कुरा छन् । यसमा कहीँ पनि बाधा गरिनुहुँदैन ।’

दुनियाँभर साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा रहेको भन्दै पुनले विगतमा पनि पटक पटक नागरिक स्वतन्त्रतामा संकुचन हुने गरी ल्याइएका विधेयक विवादित भएर सरकार पछि हटेको प्रसंग उल्लेख गरे ।

पुनले संकुचनकारी प्रावधानलाई संशोधनको प्रक्रियामार्फत सच्याएर विधेयक पारित हुनुपर्नेमा जोड दिए । उनले कानून निर्माण गर्दा विश्व समुदायलाई पनि आश्वस्त पारिनुपर्ने बताए । ‘हामीले कानून बनाउँदा ‘स्ट्याण्डर्ड मेन्टेन गर्नुपर्छ, दुनियाँलाई विश्वास दिलाउनुपर्ने हुन्छ’, उनले भने ।

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) लगायतका सूचना प्रविधि क्षेत्रका पछिल्ला विकासले नयाँ नयाँ अवसर र चुनौती सँगै ल्याएको भन्दै पुनले त्यो क्षेत्रलाई प्रवर्द्धन र नियमन सँगसँगै गर्नुपर्नेमा सरकार र सदनको ध्यान जानुपर्ने स्पष्ट गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गत आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आफूले सूचना प्रविधि क्षेत्रको विकासमा जोड दिएको स्मरण गरे ।

‘गत वर्षको बजेटमा हामीले आइसिटी सेक्टरलाई समृद्धिको क्षेत्र बनाउने घोषणा गरेका थियौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले आज (बुधबार) कै सम्बोधनमा पनि ४।२ प्रतिशतको आर्थिक वृद्धि गर्‍यौँ भनिराख्दा गत वर्षको नीति कार्यक्रम र बजेटले नै आजको प्रगति देखाएको हो भन्ने कुरा यहाँ बिर्सन मिल्दैन’, पुनले भने, ‘हामीले आइटी दशक नै घोषणा गरेका थियौँ । जसबाट १० वर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष गरी १५ लाखलाई रोजगारी सृजना गर्ने र ३० खर्बको आइटी सेवा निर्यात गर्ने कुरा गरेका थियौँ ।’