२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘काँग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए’

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली काँग्रेसको संसदीय दलको नेता फेर्ने गरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् ।

तर, यस्ता कुराहरू हल्ला मात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको बताएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो– नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाए,’ प्रधानमन्त्री ओलीले भने ।

यस्ता कथाहरू बेला बेला आइरहने भन्दै बेला बेलामा संस्करणहरू आइरहने तर संशोधन केही नहुने प्रधानमन्त्री ओलीले बताए ।

‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।

मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न पनि आग्रह गरे ।

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि काँग्रेसले बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।दुवै पार्टीको बहुमत आउन नसके काँग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए ।

‘अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईँहरू यो नठान्नुस् की कोही अर्को । तपाईँहरूलाई अहिले नै भनिदिन्छु,’ ओलीले भने, ‘कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले- काँग्रेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन ।’