२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने संकल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

अ+ अ-

काठमाडौँ । सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक संकल्प गर्दै ‘साइबर भिजन-२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ ।

नेपालस्थित प्रविधि कम्पनी डाँफेलिंक र संयुक्त अरब इमिरेट्स (युएई) केन्द्र रहेको कम्पनी एरोनेक्सको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा साइबर सुरक्षाविज्ञ तथा सरोकार भएकाहरूले साइबर प्रतिरोध, डिजिटल फरेन्सिकलगायत विविध सुरक्षा प्रविधि प्रवर्द्धनका लागि साझा प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेका छन् । 

कार्यक्रममा क्षेत्रीय पहललाई दक्षिणपूर्वी एसियासम्म विस्तार गर्ने योजनासहित आगामी नोभेम्बरमा ‘साइबर भिजन २०२५ बैंकक च्याप्टर’ आयोजना गर्ने र डाँफेलिंकले एरोनेक्ससँगको सहकार्यमा नेपालमा पहिलो पटक सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र नेटवर्क सञ्चालन केन्द्र (एनओसी) स्थापना गर्ने घोषणा गरिएको छ । 

यो कदम नेपाललाई क्षेत्रीय साइबर ‘डिफेन्स हब’को रूपमा विकास गर्ने लक्ष्यमा कोशेढुंगा साबित हुने डाँफेलिंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले बताए । उनले भने, “सुरक्षाको भविष्य प्रविधिभन्दा अघि सोच्न सक्ने सामूहिक दृष्टिकोणमा छ, साइबर भिजन त्यसैको व्यावहारिक अभिव्यक्ति हो । हामी नेपालमा साइबर प्रतिरोधलाई अर्को ठूलो उपलब्धिका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ । त्यसका लागि सहकार्य विस्तार र नेपालमा आवश्यक सञ्जाल बनाउन अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।”

कार्यक्रममा एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सीमाको सुरक्षाका लागि नवप्रवर्तन र सहकार्यको वातावरण बनाउन कार्यक्रम अगाडि बढाइएको बताए । गरुडा इनोभेसन एण्ड मिडियाका निर्देशक पंकज मल्लले नेपाल मात्र नभई विश्वकै साइबर सुरक्षामा योगदान दिन र भविष्यप्रतिको साझा प्रतिबद्धता जाहेर गर्ने उद्देश्यले सम्बद्ध पक्ष एक ठाउँमा आएको बताए । 

नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले राष्ट्रिय साइबर सुरक्षाको अवस्थामाथि चर्चा गर्दै नवीन रणनीतिहरूको आवश्यकता औँल्याए । त्यसमा आवश्यक सहकार्यका लागि नेपाल प्रहरी तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा साइबर खतराहरूको न्यूनीकरण र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि तयार गरिएका समाधानका उपायसहितका उपकरण तथा अनुभव प्रस्तुत गरिएका थिए ।

यस्तै, यस क्षेत्रका १५ जनाभन्दा बढी मुख्य वक्ताहरूले सूचना प्रविधि, साइबर सुरक्षा र यस क्षेत्रमा भइरहेका पहलबारे आफ्ना अनुभव साझा गरेका थिए । 

कार्यक्रममा एनसेल, विथसेक्युअरलगायत संस्थाको सहकार्य रहेको कार्यक्रममा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (युएई)का साइबर सुरक्षाविज्ञ, नेपालस्थित युएई दूतावासका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।