काठमाडौं । एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा पुगेका सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह १ लाख धरौटीमा रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेकोमा बयान तथा थुनछेक बहसपछि विशेष अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले १ लाख धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतले जनाएको छ ।
नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख घुस लिएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।







