२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब नसर्ने गरी दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रीलाई मुख्यमन्त्री कँडेलको आग्रह

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरी तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्।

दशौं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अव त्यस्तो गल्ती नदोहोर्‍याउन संघीय सरकारलाई आग्रह गरे।

उनले भने,’कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौँ र त्यही अनुसार तयारी पनि गरिरहेका छौँ तर आयोजक तपाईँहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला।’

मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरी दोहरिन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए।

उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए। उनले भने,’यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला।’

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री चौधरीले सुझाव दिए।

उनले भने, ‘केही दिन थपाइहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यही हो ‘

अर्को प्रसंगमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल सुरु भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए।

राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भए पनि दशौ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको बताउँदै मुख्यमन्त्री कँडेल थप पूर्वाधार बनाउने कुरामा संघीय सरकारले सहजीकरण गर्नु पर्ने बताए।

युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको बताउँदै जानकारी गराए। छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।