२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तीन जना पुर्पक्षका लागि थुनामा, एक जना धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्।

अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारू र न्यायाधीश पुनम चन्द सिंहको इजलासले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। 

राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छोडिएको अदालतले जनाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकका संस्थापक अध्यक्ष रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७, पूर्व अध्यक्ष मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार, वित्त प्रमुख ठकुरीसँग २६ करोड ६३ लाख ९९ हजार असुल गर्ने गरी मुद्दा दायर गरेको थियो।