२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । 

आज जलस्रोत तथा सिँचाइ विभागको चौँथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठीमा उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्नेमा जोड दिए । 

“जनताप्रति उत्तरदायी भएर मुलुकलाई सकारात्मक नतिजा दिने गरी काम गरौँ”, ऊर्जा मन्त्री खड्काले भने । वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गरिरहे पनि समयमा काम सम्पन्न नहुँदा राज्यलाई ठूलो आर्थिक भार पर्दै गएको भन्दै उनले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी सबै लाग्नुपर्ने बताए ।

उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधाको लक्ष्य लिँदा काममा ढिलाइ भइरहेको उल्लेख गरे । कम्तीमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवारमा बस्ने व्यक्तिले निर्धारित समयमा काम सम्पन्न गराउन पहल थाल्नुपर्ने बताए ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/८२ मा ८९ दशमलव १५ प्रतिशत भौतिक प्रगति र ८१ दशमलव २८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए ।

आव २०८१र८२ मा जलस्रोत तथा सिँचाइ क्षेत्रमा रु. ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकामा रु. २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।

विभागअन्तर्गत रहेका छ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने र ८२ दशमलव सात मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकामा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नुका साथै चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।