२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाडा अटो शो-२०२५ भदौ ३ देखि, अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

अ+ अ-

काठमाडौं । नाडा अटो मोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी २०८२ भदौ ३ देखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘नाडा अटो शो आयोजना हुने जानकारी गराएको हो । उक्त शोको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् ।

“गो फर मोर” भन्ने नाराका साथ सञ्चालन हुने अटो शोमा नवप्रविधि, दिगोपन, स्मार्ट मोबिलिटी र सम्पूर्ण अटोमोटिभ पारिस्थितिकी प्रणालीलाई समेट्ने तयारी गरिएको छ। शोमा चार पाङ्ग्रे, दुईपांग्रे तथा हल्का व्यावसायिक सवारी साधनका साथै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायक लगायत १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन्। प्रदर्शनी ३ लाख वर्ग फुट क्षेत्रमा फैलिएको छ भने प्रदर्शनी क्षेत्रफल मात्रै १ लाख ६२ हजार ५ सय वर्ग फुट रहेको छ। आयोजकले एक लाखभन्दा बढी आगन्तुकको उपस्थितिको अपेक्षा राखेको छ।

नाडा अटो शो २०२५ मा युनिक प्रविधिहरू सार्वजनिक गरिनेछ। विशेष गरी डिपल इभटोल युएभीका अत्याधुनिक चार पाङ्ग्रे रोबोटहरू र
डिपल इभटोल युएभी नामक उड्ने सवारी साधन (सहरी हवाइ मोबिलिटी) पहिलो पटक नेपाली दर्शक सामु प्रस्तुत गरिनेछ। प्रदर्शनीमा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ कम्पनीका अटो पार्ट्स र सहायक सेवाहरू समेत प्रदर्शित हुनेछन् ।

आयोजकले सुरक्षालाई उच्च प्राथमिकता दिएको जनाएको छ। आगन्तुकहरूका लागि क्षेत्रगत जोन विभाजन, ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपत्कालीन स्वास्थ्य सेवा, निगरानी र दमकल सेवा समेतको व्यवस्था गरिएको छ। प्रदर्शनीको अर्को आकर्षण भनेको ऐतिहासिक सवारी साधनहरूको ‘विन्टेज मोटर शो’ हो। यसमा मोरिस माइनर, फियाट, मर्सिडिज, टोयोटा आरटी ४०, बीटल, मिनी कुपर, भिएडब्लु बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया र टोयोटा एमआर २ जस्ता पुराना सवारी प्रदर्शित हुने जनाइएको छ ।

त्यस्तै ‘नेपालमा निर्मित मण्डप’ मा स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्स देख्न सकिनेछ भने अन्तर्राष्ट्रिय व्यापार मंडपले अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धनमा योगदान दिनेछ। दैनिक भाग्यशाली विजेता कार्यक्रम राखिएको छ जसअन्तर्गत १२ जना भाग्यशाली आगन्तुकहरूले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा प्राप्त गर्नेछन्।

नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ नेपाली अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाका लागि विशेष अवसर भएको उल्लेख गर्दै आम नागरिकलाई उपस्थितिको लागि आग्रह गरेका छन्। नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभएर अटो मोबाइल व्यवसायीहरूको चाड रहेको अध्यक्ष चौधरीले बताए। उनका अनुसार यस वर्षको शोमार्फत अटो क्षेत्रको भविष्य, सम्भावना, मोबिलिटी, टेक्नोलोजी देखाइनेछ । “यस वर्षको नाडा अटो शोमा उपभोक्तालाई अटो मोबाइल क्षेत्रको भविष्य देखाउँछौँ । फिल गराउँछौँ, यो अटो क्षेत्रका व्यवसायीहरूको चाड हो,” उनले भने ।