२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आत्मालोचना गर्न तयार छु तर अध्यक्षले पनि जिम्मा लिनुपर्छ’-जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले देश र जनताका लागि आफू आत्मालोचना मात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् ।

पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।

‘म देश र जनताका लागि आत्मालोचना मात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष ‘प्रचण्ड’बाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौँ ।’

उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गरेका छन् । ‘अध्यक्ष ‘प्रचण्ड’ले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दै छ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,’ शर्माले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात् गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुल्ला गर्नुपर्छ ।’

बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरु भएको सुशासनको अभियानलाई अध्यक्ष ‘प्रचण्ड’ले काँग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए ।

‘अध्यक्षज्यूले पार्टीको निर्णय विपरीत सरकारको खेलमा समय फाल्नुभयो,’ शर्माले भने, ‘सुशासनको अभियान २ बुँदेमा लिएर बिसाउनुभयो ।’

उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् । ‘स्वचालित संगठन नहुनु, विधि सम्मत परिचालन नहुनु। समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ संविधान र परिस्थिति अनुसार नगरी केन्द्रिकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ शर्माले भनेका छन्, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्धतिसहितको स्थायी संरचना, स्वचालित कमिटीहरू, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात् गर्नुपर्छ । जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबारसम्म बोल्ने अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए । पछिल्लो समय अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव शर्माको अन्तरविरोध सतहमै देखिएको छ ।