२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट खर्चमा कमजोर देखियो काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौँ । बजेट खर्चमा काठमाडौँ महानगरपालिका ‘कमजोर’ देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित कुल बजेटको करिब आधा हिस्सा मात्र खर्च गर्न सकेको हो ।

महानगरको वार्षिक खर्च केन्द्रगत बजेट तथा खर्चको विवरणअनुसार गत आवमा कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जुन बजेटमध्ये १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ मात्रै खर्च गरिएको छ । गत आवको विनियोजन बजेटको ५२.१३ प्रतिशत मात्रै खर्च भएको हो ।

गत आवमा काठमाडौँ महानगरपालिकाले चालू तर्फ विनियोजन गरेको ९ अर्ब ८२ करोड २० लाख ५० हजार बजेटमध्ये ६ अर्ब २२ करोड ९१ लाख १८ हजार खर्च गरेको छ । यस्तै, वित्तीयतर्फ १२ करोड १० लाख विनियोजन भएकोमा ७ करोड खर्च गरेको छ ।

विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था भने निराशाजनक देखिन्छ । काठमाडौँ महानगरले गत आवमा पुँजीगततर्फ आधा पनि खर्च गर्न सकेन । गत आवमा यस शीर्षकमा १५ अर्ब ६ करोड ५६ लाख १ हजार विनियोजन भएकोमा ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार मात्रै खर्च भएको छ ।

काठमाडौँ महानगरका ३२ वडाहरूको बजेट खर्चको अवस्था पनि मिश्रित देखिएको छ । केही वडाहरूले उत्कृष्ट प्रदर्शन गर्दा अधिकांश वडाहरूको खर्च क्षमता कमजोर देखिएको छ ।

सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा वडा नम्बर १२ रहेको छ । जसले आफ्नो कुल ८ करोड ८२ लाख ७३ हजारको बजेटमा ८४.७१ प्रतिशत अर्थात् ७ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, वडा नम्बर १० को विनियोजन बजेटमा ८२.८४ प्रतिशत खर्च हुँदा वडा नम्बर १४ को ८०.१३ प्रतिशत खर्च गरेर बजेट कार्यान्वयनमा अगाडि देखिएका छन् ।

तर, वडा नम्बर ११ को प्रदर्शन भने सबैभन्दा निराशाजनक रहेको छ । उक्त वडाले आफ्नो कुल १७ करोड ९८ लाख ८८ हजार रुपैयाँको बजेटमा जम्मा २ करोड ६५ लाख ५७ हजार १४.७६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । कम खर्च गर्ने अन्य वडाहरूमा वडा नम्बर १ ले ३५.३४ प्रतिशत, वडा नम्बर १६ ले ३६.७५ प्रतिशत र वडा नम्बर ८ ले ४२.९४ प्रतिशत खर्च गरेका छन् ।