२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा भूमि विधेयकबारे मन्त्री र सचिवसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले भूमि विधेयको विषयमा विभागीय मन्त्री र सचिवसँग छलफल गरेको छ ।

काँग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग संसदीय दलको कार्यालय सिंहदरवारमा आमन्त्रण गरेर छलफल गरेको हो ।

छलफलमा काँग्रेस महामन्त्रीद्वय गगन थापा, गृहमन्त्री रमेश लेखक, विधेयकमा संशोधन प्रस्ताव राख्ने काँग्रेसका सांसदहरू सहभागी थिए । काँग्रेसले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको भन्दै समितिमा पठाउनुपर्ने माग गरेको राख्दै आएको छ । थप छलफलको आवश्यकता रहेकाले कार्यसूचीमा नराख्न काँग्रेसको अडानका कारणले २५ असारमा प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको थियो ।

सरकार पक्ष र संशोधन पक्षसँग भएको छलफलमा भूमि विधेयकमा थप छलफल आवश्यक रहेको निष्कर्ष निकालिएको काँग्रेस सांसद प्रतिमा गौतमले जानकारी गराइन् ।

‘विधेयक जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने कुरा भएको छ । संशोधनकर्ता अन्य दलका सांसदसँग पनि मन्त्रालयले छलफल गर्ने कुरा भएको छ’, गौतमले भनिन्, ‘विधेयक सकेसम्म समितिमा पठाऔँ भन्ने हाम्रो माग हो । संशोधनकर्ताहरू सबैसँग छलफल गरेर सहमति जुट्न सक्यो भने राम्रै भयो । मन्त्रालयले अरु पक्षसँग पनि छलफल गरेर सहमतिमा विधेयक अघि बढाउन उपयुक्त हुने ठहर गर्‍यौँ ।’

भूमि विधेयकमा काँग्रेस महामन्त्रीद्वय थापा र शर्मासहित १० सांसदले संशोधन प्रस्ताव राखेका छन् ।