२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले करारका कर्मचारी राख्नुअघि प्रदेशसँग सहमति लिनुपर्ने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहहरूलाई स्वीकृत दरबन्दी खाली भएमा करार वा ज्यालादारी सेवामा कर्मचारी नियुक्त गर्नु पूर्व प्रदेश सरकारसँग सहमति लिन अनुरोध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका सबै स्थानीय तहहरूलाई पत्राचार गरी सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ को उपदफा (३) अनुसार प्रक्रिया पूरा गरी मात्र सहमति माग गर्न निर्देशन दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं उपसचिव नवराज ओझाका अनुसार ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली अझै नबनेको अवस्थामा पनि सम्बन्धित कानुनी प्रावधानअनुसार सहमति प्रक्रिया अपनाउन भनिएको छ । उनले भने, “स्थानीय तहको स्वीकृत दरबन्दीमा पद रिक्त भएको अवस्थामा, ऐन जारी हुनुअघि वा पछि विज्ञापन भई छनोट प्रक्रियामा रहेका तर नियुक्ति नभएका वा नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न लागिएको अवस्थामा प्रदेश सरकारसँग सहमति लिनुपर्ने छ ।”

सहमति माग गर्दा दरबन्दी विवरण, स्थायी, अस्थायी, करार वा ज्यालादारीमा कार्यरत कर्मचारीको विवरण र रिक्त पद संख्या प्रस्ट खुल्ने गरी कार्यालय प्रमुखले प्रमाणित गरेको कागजात पठाउनुपर्नेछ । त्यसै गरी, नियुक्त गर्न लागिएको पदको तलब, भत्ता तथा अन्य खर्चका लागि बजेट वा स्रोत उपलब्धताको अवस्था पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने ओझाले बताए ।

केही महिनाअघि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ जारी गरे पनि यसको कार्यान्वयनका क्रममा विभिन्न स्थानीय तहमा समस्या देखिएको छ । यिनै समस्या समाधान गर्न प्रदेश सरकारले ऐन संशोधनको तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ऐन कार्यान्वयनमा देखिएका समस्या र सुधारका सुझाव संकलन गर्न कार्यदल गठन गरिएको छ ।