२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानीका लागि हिँडेका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन 

अ+ अ-

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहित ७ जना कार्यालयबाट हिँडेको तीन दिनसम्म सम्पर्कविहीन भएका छन् ।

बुधबार साँझ पालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरेर उनीहरू सम्पर्कमा नरहेको जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले २३ गते उनीहरू सम्पर्क विहीन रहेको जनाएका छन् ।

‘नेपाल टेलिकमको नेटवर्कमा समस्या भई बेलुकी ७-८ बजे आसपासदेखि बिहान ८ बजेसम्म काम नगर्ने भएकाले मिति २०८२ असार २३ गतेका दिन राति करिब ९ बजे यस कार्यालयका प्रमुख कार्यकारी अधिकृतले मिति २०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटिपी कोर्डका लागि रुकुम पूर्व कामकाज गर्न जाने भनी कार्यालयबाट निस्केको र हाल प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशासन सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकसहित ७ जना मिति २०८२ असार २४ गते बिहानैदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजी कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरूले यस पालिकामा जानकारी गरिदिनुहुन अनुरोध छ,’उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । 

सम्पर्कविहीन कर्मचारीहरूमा हेमराज घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत, हरिस माझी, सहायक प्रशासन पाँचौँ, यज्ञप्रसाद कँडेल, सह लेखापाल, चन्द्रप्रकाश ओली सवइन्जिनियर, निशा आचार्य सवइन्जिनिवर, शिवकुमार वली, खापासटे, प्रदिप केसी सवारी चालक रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।