२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तिब्बतमा ड्याम निर्माण गर्ने योजनाले थप जोखिम बढाउँदै छ’-राजेन्द्र बजगाईँ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको भन्दै त्यसले हिमाली तलतिरको जीवनलाई थप जोखिममा पार्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भोटेकोसी बाढी पनि सम्भवतः हिमताल फुटेर आएको हुनसक्ने बताए ।

उनले भने, ‘२०२५ संयुक्त राष्ट्रसंघद्वारा ग्लेशियर संरक्षण वर्ष घोषणापछि, विश्वभर देखा परेको वातावरणको चेतावनी भन्न मिल्छ । भोटेकोसी बाढी आएको बाढी जो सम्भवतः हिमताल फुटेर आएको थियो । फ्रेण्डशिप पुल, सयौँ गाडीहरू र दर्जनौँ जीवन बगायो। चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको समाचार छन् । जसले हिमाली तलतिरको जीवनलाई थप जोखिममा पार्नेछ ।’

विज्ञहरूले अन्तर्राष्ट्रिय हिमनदी केन्द्र स्थापना गर्न सुझाव दिएको भन्दै त्यसले वैज्ञानिक अनुसन्धान, नीति, र प्रकोप व्यवस्थापनका ग्लेशियर संरक्षणलाई तापक्रम सीमित गर्ने उपायसँग जोड्नु अत्यावश्यक रहेको बताए ।

उनले भने, ‘हामीले २०० भन्दा बढी मानिस हेलिकप्टरबाट ल्याएका छौँ । तर, हेलिकप्टर उड्ने प्रतिबन्ध र राजनीतिका बदमास पात्रद्वारा उद्धार प्रयासहरूमा गतिरोध पैदा गराई रहन्छन् भने सैनिक विमान उद्धार महँगो भयो यहाँ अनुदानको प्रबन्ध गर्नु पर्‍यो। अन्यथा गरिब मर्ने भए । निषेधित क्षेत्रको अनुमति प्रक्रियामा विलम्ब हुन्छ ।’

पशुपतिनाथमा सुरक्षाको कमजोरी भएको विषय पनि बैठकमा राखे ।

उनले भने, ‘एक नामजारी सांसद पूर्व मन्त्री, आफ्ना सुरक्षा कर्ता सहित नियमित रूपले प्रश्नोत्तरभित्र आइरहनेको साथै बन्दुक लिएर आउने गरेका छन्, जसले मन्दिर सुरक्षामा ठुलो जोखिम ल्याएको छ ।’ संसद्लाई विधि निर्माणमा सक्रिय बनाउने आवश्यकता आवश्यक रहेको पनि बताए ।

उनले थपे, ‘नेपालका सांसदहरू मस्यौदा विधिहरूमा सहभागी हुँदैनन्, सांसदहरू सावधानीपूर्ण अध्ययन र जबाफदेही स्वभावका छन् । जबकि अमेरिकाको विधायी सल्लाहकार र बेलायतको संसदीय सल्लाहकार जस्ता संरचनाहरूले विधि प्रक्रियामा निर्णायक भूमिका खेल्छन् । हामीले नेपालको संसद्मा पनि यस्ता समिति गठन गर्नुपर्ने माग उठाएका छौँ । यो ‘संवैधानिक परिषद् विधेयक’ विरुद्धको प्रचार–प्रसारले देखाउँछ कि हामीले यसलाई पढेर विरोध गरेका थियौँ ।’