२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा फोर्स ल्याण्डिङ, उतै रोकियो

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नेपाली नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अनुमतिबिना प्रवेश गरेको भन्दै त्यहाँका सुरक्षा अधिकारीले फोर्स ल्याण्डिङ गराएका छन्। रसुवागढी नजिक चिनियाँ भूमिमा अवतरण गराइएको उक्त हेलिकोप्टर हाल उतै रोकिएको छ।

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार, सीमापारि पनि उद्धार गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर चीनतर्फ गएको थियो। तर, प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नुपरेको र मर्मतपछि फर्किने उनले प्रशासन डटकमसँग बताए।

बाढीका कारण चीनतर्फ अलपत्र परेका करिब एक सय ५० जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान हेलिकोप्टर खटिएको थियो। तर, पूर्वअनुमति नलिई हेलिकोप्टर प्रवेश गरेको भन्दै चिनियाँ पक्षले अवतरण गराएको हो। यस विषयमा स्थानीय प्रशासनले गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको जनाइएको छ।