काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित एक थुनुवा फरार भएका छन् ।
फरार हुनेमा पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका-१ घर भए गोंगबु बस्ने २१ वर्षीय निराजन जंग ठकुरी भन्ने दशरथ शाही छन् ।
थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी चोरी कसुरमा पक्राउ परेका थिए ।
प्रहरी वृत्त सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।







