काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले एमालेका महेश बर्तौला, काँग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।







