२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रले भन्यो-‘इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताएका छन् ।

माओवादी केन्द्र सहितका वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाले संयुक्त वक्तव्य निकालेका छन् । जसमा उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् ।

इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवं भर्त्सना गर्दै वामपन्थी दलहरूले त्यसलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भनेका हुन् ।

‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

गत वर्ष इजरायलीले प्यालेस्टाइनमाथि आक्रमण गर्दा समेत उनीहरूले ‘प्यालेस्टाइनको गाजालगायत क्षेत्रहरूमा नरसंहार मच्चाएको’ भनेर विरोध गरेका थिए । त्यसबेला उनीहरूले प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान नै सञ्चालन गरेका थिए । जस अन्तर्गत प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरिएको थियो ।

उक्त घटना सेलाउन नपाउँदै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उनीहरूको ठहर छ । यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको बताएका छन् ।

संयुक्त वक्तव्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवनमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंह, राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल महासचिव, आहुती, नेकपा बहुमतका कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी र वाम बुद्धिजीवी निनु चापागाईँले पनि हस्ताक्षर गरेका छन् ।

संयुक्त वक्तव्यमार्फत अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ । विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्ने मत प्रकट गरिएको छ ।

यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।