काठमाडौँ । सर्वोच्च अदालतले शेष घलेविरूद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबार न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले घलेविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ र सह(कोषाध्यक्ष कृष्ण तिमल्सेनाले घलेविरुद्ध वैशाख १४ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले २०८१ साउनमा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधता दिएको थियो।
तर घलेले उच्चस्तरीय समितिको अध्यक्ष रहेको बेला चैत १७ गते प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनएको ११ औँ महाधिवेशनलाई अवैधानिक भनेका थिए।
यसरी प्रेस विज्ञप्ति जारी गर्दै अदालतविरुद्ध अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा दायर भएको थियो।