काठमाडौँ । राष्ट्रिय परिचय पत्र बनाउन लाइन बसेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा बिहीबार परिचय पत्र बनाउन गएका ७० वर्षीय टिकाराम ओलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, मृतक ओली दमको रोगी थिए । लाइनमा बसिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । अस्पताल लग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
मृतक ओली बनगाड कुपिण्डे नगरपालिकाका स्थानीय हुन् ।