काठमाडौँ । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।
कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी परिसरका अनुसार नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो । उक्त वस्तु के थियो भन्ने अहिले खुलिसकेको छैन ।