२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप पत्र दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निमार्ण गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

नवलपरासीको (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्तासहित ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको घिमिरेले बताए ।

अनुसन्धानको सिलसिलामा उक्त विद्यालयका प्रधानाध्यापक कण्डेल, विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारसमेतको मिलेमतोमा भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग पैसठ्ठी हजार रुपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।