Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महान्यायाधिवक्ता बडालले भने-मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैन


८ माघ २०८१, मंगलबार


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । आफू नियुक्त भएदेखि मुद्दा चलाउनू वा नचलाउनू भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको पनि उनले बताए ।

‘म प्रधानमन्त्रीबाट नियुक्त व्यक्ति हो । तर म आजका दिनसम्म के भन्छु भने, कुनै मुद्दा चलाउनू या नचलाउनू भनेर प्रधानमन्त्रीले मलाई कुनै अनुरोध गर्नु भएको छैन,’ बडालले भने ।

आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उनको भनाइ थियो । यद्यपि अन्य राजनीतिक दलका नेताहरूले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उनले बताए ।

‘म त दावाका साथ भन्छु । म नियुक्ति भएदेखि आजका दिनसम्म कुनै पनि मुद्दा चलाइए वा चलाइएनन् । त्यसको जिम्मेवारी मेरो र मेरो कार्यालयको हो । यसमा कुनै पनि दबाब छैन,’ महान्यायाधिवक्ता बडालले भने ।

मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीतिक दलका नेताहरूले प्रभाव पार्न खोज्ने गरेको भए पनि आफूले कानुनको परिधिमा रहेर निर्णय लिने गरेको उनले जिकिर गरे ।

‘हो राजनीतिक दलका अन्य नेताहरूले भन्नुहुन्छ । विभिन्न राजनीतिक दलका नेताहरू आएर हामीलाई भन्नुहुन्छ । कहिलेकाहीँ हाँसेर हामी भनिरहेका हुन्छौँ । तर उहाँहरूले भन्नु भएको कुरालाई हामीले कानुनको परिधिभित्र रहेर हेर्ने गर्छौँ, कानुनको परिधिबाहिर गएर हेर्न मिल्दैन,’ उनले भने ।

साथै, उनले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै बिगो निर्धारणलाई वैज्ञानिक बनाउने पनि बताए । बिगोसम्बन्धी कानुनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस