काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको मस्यौदा तयार भएको छ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको हो ।
यो निर्देशन तथा मापदण्ड जारी भएको मितिदेखि लागू हुनेछ । सहकारीहरूले अब ऋणीको वर्गीकरण गर्नुपर्ने गरी मस्यौदा तयार भएको छ ।
प्रारम्भिक मस्यौदामा वित्तीय स्रोत परिचालनसम्बन्धी व्यवस्था गरिएको छ । स्रोत संकलनको सीमा तोकिएको छ । जसमा संस्थाले सदस्यहरूबाट मात्र बचत संकलन गर्न सक्नेछ । संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ । संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्नेछ ।
संस्थाले प्रतिसदस्य संस्थाको कार्य क्षेत्र अधिकतम सीमा एक जिल्ला कार्यक्षेत्र भएको १० लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको ५० लाख रुपैयाँ रहेको छ ।
विसं २०८१ पौष १४ अघि कायम रहेको बचतको हकमा सो मितिबाट दुई वर्षभित्र सीमाभित्र ल्याइसक्नु पर्नेछ । संस्थाले साधारण र नियमित प्रकारका बचत खाताहरू सञ्चालन गर्न सक्नेछ । संस्थाले स्वीकार गर्ने बचत परिचालनसम्बन्धी कार्यविधि साधारण सभाबाट स्वीकृत गराई लागू गर्नुपर्नेछ ।
सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनु पर्नेछ ।
यस्तो छ प्रारम्भिक मस्यौदा :