काठमाडौँ । नेपाली सेनाले सङ्खुवासभामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ ।
मंगलबार सङ्खुवासभाको मादी नगरपालिका वडा नं.६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय बनाएको सेनाले जनाएको छ ।

उक्त डिष्पोज कार्यमा खुट्टिएका नेपाली सेनाको बम डिष्पोजल टोलीले आजै सङ्खुवासभाको मादी नगरपालिका वडा नं.६ का स्थानीयहरूलाई आई.ई.डि. सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो ।