मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त


१३ भाद्र २०८१, बिहिबार


काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष स्रोतलाई जानकारी दिए । 

मुख्यसचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्यसचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन् । 

नेतृत्वदायी भूमिकामासमेत अग्रणी मानिने अर्याल प्रष्ट प्रोफेसनल कर्मचारी मानिन्छन् । नेतृत्वमा उनको आगमनसँगै सार्वजनिक प्रशासनमा केही सुधारको अपेक्षा राजनीति र प्रशासन क्षेत्रबाट गरिएको छ ।  

सम्बन्धित समाचार : सुधारका पर्याय अर्याल : नायब सुब्बाबाट मुख्य सचिवसम्म

Tags :
प्रतिक्रिया दिनुहोस