काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेशसभा सचिवालय पठाएका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ । किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ ।
विश्वासको मत प्राप्त गर्न न्यूनतम २७ सांसदको समर्थन आवश्यक हुन्छ । ५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिमा २ सांसद छन् ।