२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्दा जरिवाना लाग्ने

अ+ अ-

काठमाडौँ । व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने भएको छ ।

व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा संशोधन गर्दै व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेका थिए ।

‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ आर्थिक विधेयक मार्फत आयकर ऐन २०५८ मा दफा ८१ ‘क’ थप गर्दै यस्तो व्यवस्था गरिएको हो ।

उक्त व्यवस्था अनुसार व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएमा जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा ३ अनुसार जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जारी गरेको सूचनामा छ ।

‘आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा (३ मा दफा ८१ ‘क’ को उल्लंघन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ,’ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस