१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरी पालन, बगर खेती लगायतका लागि सम्भाव्यता अध्ययन  गरेको हो ।

 “कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेका छौँ” कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले भने, “सोही अनुसार कार्यक्रम तयार गरी लागू गर्छौँ ।” प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सूक्ष्म तत्त्वका आधारमा बालीका लागि वडागत रूपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनले बताए ।

“गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमूना परीक्षणको कार्य गर्‍यौँ” उनले भने “त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ, भनेर निरीक्षण, अवलोकनको कार्य गरेपछि वडागत रूपमा बालीको वर्गीकरण गरेका छौँ ।”

 उनका अनुसार वडा नं १,२, ३, १२ मा उखु खेती, वडा नं २,३,७,८ र ९ तरकारी खेती र वडा नं ५,६,७,८,९ मा फलफूल, माहुरीलगायत प्रांगारिक खेतीका लागि उपयुक्त रहेको छ ।

यसैगरी, खाद्यान्न बालीका लागि वडा नं ३,४,५,६,९,१०,११ र वडा नं ३,११ र १२ बगर खेतीका लागि उपयुक्त मानिएको छ । सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलु खेतीसँगै माहुरी, कुखुरा, माछा हाँस पालन कार्यक्रम, स्थानीय थारु आलु प्रवर्द्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन् । 

 खाद्यान्न बाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्रांगारिक खेती प्रणाली अपनाइ प्रांगारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषि यन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए ।

“व्यावसायिक फलफूल खेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढीकरण गर्ने कार्यक्रम  अघि सारिएको छ” उनले भने, “नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागू गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि दुई सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर स्थापना गर्ने कार्यक्रम योजना रहेको छ ।”

नगरपालिकामा कूल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ । किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ । कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन् । कूल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस