२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ देशका राजदूतको नियुक्ति धरापमा !

अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न देशका राजदूत नियुक्तिका लागि गरेको सिफारिस धरापमा परेको छ । 

मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै राजदूतहरूको नियुक्ति धरापमा परेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायतसहित विभिन्न ८ देशका लागि राजदूत सिफारिस गरेकोमा मुख्य सचिव डा. अर्यालले प्रमाणीकरण गरिनसक्दै आफै निलम्बनमा परेपछि राजदुत नियुक्ति तत्काल रोकिएको हो । 

भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोक दर्शन रेग्मी, अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व सचिव चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस भएका थिए । यसैगरी दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका थिए । 

मन्त्रिपरिषद्को निर्णय सरकारका मुख्य सचिवले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्को शुक्रवारको निर्णय प्रमाणीकरण गर्नु अगावै मुख्यसचिव विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रमाणीकरण रोकिएको छ । हिजो शनिबार परेको र आज मुद्दा चल्ने हल्लासँगै ९ बजेको आसपास नै मुख्यसचिव अर्याल सिंहदरवार बाहिरिएसँगै मन्त्रिपरिषद्को शुक्रवारको निर्णय प्रमाणीकरण हुन बाँकी छ ।

मुद्दा दर्तापछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । राजदूत नियुक्तिको लागि अब अर्को मन्त्रिपरिषद् बैठकले शुक्रवारको बैठकको निर्णय अनुमोदन गर्नुपर्ने छ । पूर्वमुख्य सचिव विमल कोइरालाका अनुसार निर्णय भएको तर प्रमाणित नभएको खण्डमा फेरि मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ । ‘अन्तिम क्याबिनेटले गरेका नियुक्तिहरू अर्को क्याबिनेट आएपछि नयाँ क्याबिनेटमा लाने गरेको छ’, उनले भने ।

सम्बन्धित समाचार : मुख्य सचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सम्बन्धित समाचार : मुख्य सचिव डा. अर्याल स्वतः निलम्बनमा, निमित्त मुख्य सचिवमा लीला गड्तौला

सम्बन्धित समाचार : मुख्य सचिव विरुद्ध मुद्दा लिएर अदालतमा अख्तियारको टोली 

सम्बन्धित समाचार : मुख्य सचिव विरुद्ध मुद्दा चल्ने हल्लाले सिंहदरवारमा तरङ्ग

प्रतिक्रिया दिनुहोस