काठमाडौँ । काठमाडौँ उपत्यकाका ४४ वटा चोकहरूमा ट्राफिक लाइट जडान गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् ।
ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरूमा स्मार्ट ट्राफिक लाइट जडान गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।