सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पुनः मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएर दीर्घ सोडोरीलाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आफ्नो दाबीलाई प्रदेश प्रमुखले अस्वीकार गरेर वैशाख ४ गते पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न गरेको आह्वान र त्यसका आधारमा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई पदमुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

सत्ता गठबन्धनमा खटपट भएपछि सुरुमा मुख्यमन्त्रीमा नाउपाका रेशम लक्ष्मणकिशोरलाई नेपाली काँग्रेस र एकीकृत समाजवादीले प्रस्ताव गरेका थिए भने नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

नाउपाबाटै दुई जनाको दाबी परेको र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि निर्देशनअनुसार नजिर मियाँले ४ गते पुनः दाबी पेश गर्न सूचना निकालेका थिए। वैशाख ६ गते एमाले, माओवादी, नाउपाकै दुई सांसदको समर्थनमा समाजवादी सोडारीले दाबी पेश गरेर मुख्यमन्त्री भएका थिए। आफूलाई अस्वीकार गर्ने निर्णय अवैधानिक भएको लक्ष्मणको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस