अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अधिकृत स्तरको कर्मचारी खटाई जिल्लामा डेस्क सञ्चालन गर्न गृहको निर्देशन


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जाललाई मर्यादित र साइबर अपराध नियन्त्रण गर्न डेस्क सञ्चालन गर्न निर्देशन दिएको छ।

सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, भ्रामक सन्देश प्रवाह गर्ने कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक-एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका हुन्।

७७ वटै प्रमुख जिल्ला अधिकारीलाई पठाइएको निर्देशनमा भनिएको छ, ‘अनलाइन न्युज, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अर्नगल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्‍लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृत स्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने। यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानून बमोजिम कारवाही गरी सोको सार्वजनिकरण गर्ने।’

Tags :
प्रतिक्रिया दिनुहोस