प्रधानमन्त्री दाहाल, कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री दाहाल, कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा नेपाली कांगेसका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर स्थित संसद् भवनमा उनीहरुबीच छलफल भएको हो । नेताहरूका अनुसार संसद् सञ्चालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरूका सम्बन्धमा उनीहरुबीच छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्मिक समयमा उठेका प्रश्नहरूको जवाफ दिए ।

उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । त्यस अगाडि प्रधानमन्त्रीले नेताद्धय सिटौला र लेखकसँग संवाद गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस