व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी


९ फाल्गुन २०८०, बुधबार


गणेश लामा

काठमाडौँ । ई-कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै काँग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले बताएको छ । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटेलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस