समानुपातिक सांसदहरू विरुद्ध परेको रिट निवेदन हेर्दाहेर्दैमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समानुपातिक सांसदहरू विरुद्ध परेको रिट निवेदन हेर्दाहेर्दैमा


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । विभिन्न दलहरूबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ ।

समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम सुनुवाइ थालेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो ।

सीमान्तकृत, पिछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरूलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरूले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरूलाई समानुपातिक सांसद बनाएको भन्दै प्रश्न उठेको थियो ।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गरेपछि संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो । मुद्दाको अर्को पेशी भने तोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस