एमाले सरकारले नियुक्त गरेका अध्यक्षको पुनर्बहाली गर्न माग गर्दै ज्ञापनपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले सरकारले नियुक्त गरेका अध्यक्षको पुनर्बहाली गर्न माग गर्दै ज्ञापनपत्र


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेश अनुसार अध्यक्षको पुनर्बहाली नगरिएको भन्दै नेकपा एमाले रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

तत्कालीन मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ अस्पतालका अध्यक्ष रिटसहित सर्वोच्च पुगेका थिए ।

सम्बन्धित समाचार : एमाले सरकारले नियुक्ति गरेका विकास समिति अध्यक्ष हटाएपछि सर्वोच्चमा रिट दायर

सम्बन्धित समाचार : पाँच अस्पतालका अध्यक्ष नहटाउन सर्वोच्चको आदेश

सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नू–गराउनू भने पनि अध्यक्षमा अजयमान श्रेष्ठलाई पुनर्बहाली नगरिएको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

यसबीचमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन ओझालाई नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : अस्पताल विकास समिति खारेज गर्ने निर्णयप्रति एमालेको विरोध

सम्बन्धित समाचार : १३ वटा अस्पतालका विकास समिति खारेज

Tags :
प्रतिक्रिया दिनुहोस