भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । चितवनका दुई स्थानीय तहबीचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज माडीमा एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्। दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ। भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानीय तह हुन्। यसलाई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्टाएको छ।

यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन्। त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिइएको दाहालले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस