पेट्रोल पम्पको मापदण्डमा कडाइ, एकरूपताको लागि पहेँलो रङ्ग लगाइने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पेट्रोल पम्पको मापदण्डमा कडाइ, एकरूपताको लागि पहेँलो रङ्ग लगाइने


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागि पहेँलो रङ्ग लगाइने भएको छ ।

बिहीबार महानगर क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिकाको समन्वयमा सरोकारवाला संघसंस्था तथा निकायहरूको प्रतिनिधिहरुबीच बसेका बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पेट्रोल पम्पहरूमा एकै प्रकारको रङ्ग लगाउने, पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने र पिपिई लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

बैठकले पेट्रोल पम्पहरूको पहिचान तथा एकरूपताको लागी पहेँलो रङ्ग लगाउने निर्णय गरेको हो । साथै अब पेट्रोल पम्पहरूले सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ भने जानकारी मूलक बोर्ड झुण्डाउने निर्णय गरेको छ ।

साथै पम्पमा कार्यरत नोजलमेनले पिपिई खैरो रङ्ग को व्यक्तिगत सुरक्षा सामाग्री लगाउने, पम्प परिसरमा हरियाली गर्ने बनाउने भएको छ ।

यस्तै पम्पमा कार्यरत कर्मचारीहरूलाई महानगरले आधारभूत अग्नि नियन्त्रण तालिम दिने र चारवटा पम्पमा पहेँलो रङ्ग र पिपिई नमुनाको रूपमा पे प. डी. एसोसिएसनले व्यवस्था गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस