२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा रुख काट्ने निर्णय भएको छैन : मेयर आचार्य

अ+ अ-

पोखरा । ‘मेरो रुख म काट्छु’ अभियानप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । रुख काट्ने अभियान सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै उनले रुख काट्ने काम नगर्न नगराउन भनेका छन् । 

मेयर आचार्यले भने, ‘आफ्नो रुख आफै काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने फाँड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराई सकिएको छ । भ्रममा नपर्नु हुन अनुरोध छ ।’

यसअघि पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भनेको थियो । वडा कार्यालयले सोमबार सूचना जारी गर्दै १० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू काट्न भनेको थियो । 

पोखरा महानगरपालिका साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको जनाउँदै वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बाँदर नियन्त्रणमा सहयोग पुर्‍याउन भन्दै सूचना जारी गरेका हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार : १० दिन भित्र घर वरपरका सबै रुखहरू कटान गर्न वडा कार्यालयको उर्दी