सकियो सन्दीपको मुद्दामा बहस, सजाय तोक्ने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सकियो सन्दीपको मुद्दामा बहस, सजाय तोक्ने तयारी


२५ पुस २०८०, बुधबार


काठमाडौँ । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केही बेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस