काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर भएको विवादले उग्ररूप लिएको छ । असन्तुष्ट पक्ष र प्रहरीबीच झडप भएपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरिएको छ ।
सोही क्रममा एक जनाको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ बस्ने लक्ष्मी मुखिया रहेको प्रजिअ सापकोटाले प्रशासनलाई बताए ।
कर्मचारी र स्थानीयबासीहरुले समेत विरोध गर्दै मेयर र प्रमुख प्रशासकीय सवार गाडीमाथि तोडफोड गरेका थिए। साथै आन्दोलनकारीहरूले गाडीमा आगजनी गर्न खोज्दा प्रहरीले ३० राउण्ड हवाई फायरसहित अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार झडपमा परि १० जना प्रहरी घाइते भएका छन् । एक जनाको गम्भीर अवस्था गम्भीर छ ।







