महासचिव गौतमको राजीनामा स्वीकृत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महासचिव गौतमको राजीनामा स्वीकृत


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।

गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए ।

सम्बन्धित समाचार : महासचिव डा. भरतराज गौतमले दिए राजीनामा

प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसद्का कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।

गौतमको राजीनामापछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस