२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रस्साकस्सीकै बिच ७० पुग्यो सहसचिव सरुवा सूची, थप अड्चन नआए आइतबार पत्र

अ+ अ-

काठमाडौँ । निकै ठूलो तिकडम र रस्साकस्सीका बिच सहसचिवको सरुवा अन्तिम चरणमा पुगेको छ । अगाडी नै नबढ्ने भएपछि अन्ततः मन्त्रीले भनेका सहसचिवसहितको ७० जनाको सूची तयार भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राति अबेरसम्म बसेर पुरानै सूचीमा थप केही संख्या थप्दै टुङ्गो लगाएको सिंहदरवार उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ । ‘शुक्रवार साँझसम्म बसेर सहमति भयो भन्ने सुनिएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले ब्युरोसँग भने, ‘शनिवार मुख्यसचिवकोमा पुगेर पार लाग्यो भने आइतबार पत्र बन्छ होला’

‘आफूले भनेका सहसचिवको नाम नभेटाएपछि जङ्गिँदै मन्त्री अनिता देवीले मैले भनेका सबै सहसचिवहरूको नाम हटाएर सूची ल्याउनुस् म सही गरिदिन्छु’ भनेसँगै सरुवा भई जाने मन्त्रालयका मन्त्रीले ‘कुनै पनि हालतमा नपठाउनु’ भनेका कर्मचारीको नाम राखेरै मन्त्रालयले ७० सहसचिवको सूची टुङ्ग्याएको हो । 

‘अन्य मन्त्रालयका मन्त्रीले भनेको हुने अनि सरुवा गर्ने मन्त्रालयका मन्त्रीले भनेको किन नहुने ?’ भन्दै मन्त्री देवीले लामो समयदेखि आफ्नो अडान कायम राख्दै आएकी थिइन् । मन्त्रीको नै असहमतिका बिच जवर्जस्ति पठाउँदा कर्मचारीले नै दुःख पाउने भएकोले सहमति गरेर मात्रै पठाउन मुख्यसचिव, सचिव तथा सहसचिवहरूले सुझाउँदै आएका थिए । 

सम्बन्धित समाचार : मन्त्रीको ‘लिंडेढिपी’ले सहसचिव सरुवा ‘बन्धक’ 

नियमित प्रक्रियाका रूपमा लिइने कर्मचारीको सरुवा यति धेरै विवादित र फेरबदल भएको सम्भवतः पहिलो पटक भएको मन्त्रालयका कर्मचारी बताउँछन् । यसअघि हुने गरेका सरुवाहरूमा पनि कर्मचारी बिच दौडधुप र शक्तिकेन्द्रहरूको पावर चल्ने गरेको थियो तर यस्तो भने पहिलो पटक भएको एक सहसचिवले बताए । सूची फेरबदल गर्दा गर्दा कर्मचारी प्रशासन महाशाखाका कर्मचारीसमेत वाक्क भई सकेको ती अधिकारीको भनाई छ । 

‘कर्मचारीहरू किन यसरी मरिहत्ते गरेर लाग्छन्, मैले त कुरै बुझेको छैन’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव भन्छन्, ‘इच्छाएको ठाउँ जान प्रयास गर्नुसम्म त ठिकै हो, जाने मन्त्रालयका मन्त्रीले नै हुँदैन भनेपछि त्यहाँ गएर कसरी काम गर्न सकिन्छ ?’

अहिलेको सरुवामा प्रदेश सचिवहरू धेरै रहेको बुझिएको छ । लामो प्रदेशमा बसिसकेका सहसचिवहरू संघीय निकायमा आउँदै छन् भने प्रदेश जानु पर्ने पालो आएकाहरूलाई सङ्घबाट पठाइँदै छ । 

प्रतिक्रिया दिनुहोस